१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

बामगठबन्धनको चुनावीसभामा बम विस्फोट, ८ जना घाइते



गौर २ मंसिर ।
रौतहटको चन्द्रपुर नगरपालिका ५ राधाकृष्ण मन्दिर नजिकै भएको बम विस्फोट भएको छ । विस्फोटमा ८ जना घाइते भएका छन् ।
वाम गठबन्धनको भेला स्थल नजिकै ठूलो आवाजसहित विष्फोट भएको हो । बम विष्फोटमा परी ३१ वर्षीया सीता राई र उनका ७ वर्षीय छोरा जैविक राई गम्भीर घाइते भएका छन ।
यसैगरी लक्ष्मी राई, रत्न बहादुर विक, कुन्ता खत्री, गोपाल विक, दिलमाया राई तथा यमुना काफ्ले घाइते भएका छन् ।
घाइते मध्ये गोपाल विक र यमुना काफ्लेको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ भने बाँकी ६ जनालाई थप उपचारको लागि भरतपुर पठाइएको छ ।
अनलाइनखबरबाट

प्रकाशित मिति : २ मंसिर २०७४ शनिबार ००:००  ११ : ५४ बजे