१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कांग्रेस बरिष्ठ नेता पौडेललाई लक्षित गरी बम प्रहार



तनहुँ, २ मंसिर ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको छ ।
वरिष्ठ नेता पौडेल गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जाँदै थिए । करिब ३ बजेको समयमा पौडेललाई लक्षित गरी वम प्रहार भएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । बम प्रहारबाट गाडीको सिसा फुटेको छ । पौडेल भने सुरक्षित छन् ।
बम आक्रमणमा कांग्रेसको भत्र्सना
कांग्रेसले वरिष्ठ नेता पौडेलको हत्या गर्ने मनसायले आक्रमण भएको बताएको छ । ‘यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली कांग्रेस घोर भत्र्सना गर्छ’ मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै आफूप्रति देखिएको जनलहरबाट अतालिएर नेताहरुलाई लक्षित गरी आक्रमण भएकोे बताएको छ । ‘जुनसुकै समूहले घटना घटाएको भएता पनि कांग्रेसका नेता, कार्यकर्ता यस घटनाबाट रत्तिभर विचलित हुने छैनन्’ उसले भनेको छ ।
कांग्रेसले यस्ता आपराधिक घटनाहरु पुनः नदोर्होयाउन चेतावनी पनि दिएको छ । साथै घटनामा संलग्न व्यक्तिहरुलाई खोजी गरी कडा कारबाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्नसरकारसँग माग पनि गरेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७४ शनिबार ००:००  १२ : ०१ बजे