१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

थामिएनन प्रचण्डका आँशु



काठमाडौं, ३ मंसिर ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओढाएर आइतबार बिहानपख निधन भएका छोरा प्रकाशलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्यसमेत प्रकाश दाहाल ‘साकार’लाई पार्टीको झण्डा ओढाएर प्रचण्डले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । आँखाभरी आँशु लिएका प्रचण्डले छोरा प्रकाशको पार्थिव शरीरमाथि पार्टीको झण्डा ओढाएका थिए ।
२०५७ देखि नै नेकपा माओवादीमा पूर्णकालिन भएर सचिवालयमा काम गरेका प्रकाशको ३६ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो । प्रचण्ड दुईपटक प्रधानमन्त्री हुँदा पनि प्रकाशले नै सचिवालयको जिम्मा निर्वाह गरेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
प्रकाशको पार्थिव शरीरमा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, वर्षमान पुन, कांग्रेस नेता एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठ लगायतका नेताहरुले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०७४ आइतबार ००:००  १२ : ५७ बजे