३ बैशाख २०८१, सोमबार | Tue Apr 16 2024

टोप बहादुर रायमाझी घरदैलोमा व्यस्त, विकास निर्माणको जिम्मा बामगठन्बधनले लिने उद्घोष



हृदय कुमार भुसाल, अर्घाखाँची, ८ मंसिर ।
आगामी मंसिर २१ गते हुन गहिरहेको प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचन अभियान अन्र्तगत बाम गठबन्धन अर्घाखाँचील बिहिबार भुमिकास्थान नगरपालिका साविकको नुवाकोट, खिल्जी, असुरकोटका बिभिन्न स्थानमा चुनावीसभा, भेटघाट तथा घरदैलो कार्यक्रम गरेको छ ।
चुनावी सभालाई सम्बोधन गदै पुर्व उपप्रधानमन्त्री तथा बाम गठबन्धन अर्घाखाँचीका प्रतिनिधीसभाका साझा सदस्यका उमेदवार, टोप बहादुर रायमाझीले नयाँ सबिधानले जनताका आधारधुत आवश्यकता गाँस बास कपास, स्वाथ्य शिक्षा र सुरक्षा को ग्यारेन्टी गरको भन्दै नेता रायमाझीले अव यो सबिधानको कार्यान्वयन बिकास सबृद्धिकाको महान अभियानलाई अगाडी बढाउनको लागी बाम गठबन्धनको सरकारले दुईतिहाई मतले बिजय गराउने पर्ने बताउनुभयो ।
नेता रायमाझीले आफुले पाँच नम्वर फुटाउने आन्दोलनको नेतृत्व गरको भन्दै कांग्रेसले अनाबश्यक कुप्रचार र गलत भ्रम श्रृजना गरेको बताउने भयो । उहाँले स्थानिय निर्वाचनमा काग्रेस सँग बाम तालमेल गर्न खोजेपनि गर्न नसकेको हुँदा बिगतमा गल्ती भएको स्मरण गराउदै उहाँले अवका दिनमा नयाँ बन्ने गठबन्धनको सरकारले जनताका बिचमा बोलेका कुरा पुरा गर्ने, बताउनुभयो ।
जनताको सेवा निरन्तर गर्नुपर्ने भन्दै २ नम्वर क्षेत्रका जनताको आफुले सेवा गर्ने अवसर पाएको र जनताले भोट हान्ने अवसर पाएको बताउनुभयो ।
रायमाझीले जिल्लालाई लोडसेडिङ्ग मुतm गरि जिल्लामा ठुला ठुला उद्योगहरु सञ्चालन गर्ने कृषि पर्यटनको बिकास गरि गरिवी र बेरोजगारी को अन्त्य गर्ने भन्दै बाटो खानपानी सञ्चार, शिक्षा भौतिक पुर्वाधारको बिकास का साथै सामाजिक बिकासको कार्यलाई तिव्र गतिमा अगाडी बढाउने बताउनुभयो ।
कार्यक्रमका बिशेष अतिथी एवम वाम गठबन्धन अर्घाखाँची क्षेत्र नम्वर २ प्रदेश सभा सदस्यका उमेदवार रामजी प्रसाद घिमिरेल चुनावी सभालाई सम्बोधन गर्दै बाम गठबन्धन जनतको चाहाना, राष्ट्रिय आवशकताले भएको भन्दै बिगत देखी कहिले पनि बहुमतको सरकार नहुदा अरुसग मिलेर सरकार सञ्चालन हुदा मुलुकमा अस्थिरता रहेको बताउनु भयो ।
घिमिरेले राजनैतिक अस्थिरता को कारणले मुलुकमा राजनैतिक परिवर्तन भएपनि आर्थिक सवृदि र बिकास हुन नसकेको बताउनु । उहाँ मुलुकमा काग्रेसले दुईतिहाई,र बहुमत ल्याउदा पनि सरकार सञ्चालन गर्न नसकेको भन्दै विदेशी बिदेशी शतmीको इसारामा मुलुक सञ्चालन भई देशमा सधै राजनैतिक हस्तक्षेप भएको बताउनु भयो ।
अव कम्युनिष्टले बिस बर्ष सरकार सञ्चालन गरीे देशको सो्रत साधनको उच्चतम प्रयोग गरि बिश्कै नमुना र उत्कृष्ट देश बन्न सक्ने बताउनु भयो ।
कार्यक्रममा एमाले केन्दिय सदस्य बोम बहादुर बिक, एमाले पाँच नम्वर प्रदेश कमिटी सदस्य तथा पुर्व जिबिस सभापति पिताम्वर भुसाल, एमाले प्रतिनिधी सभाका समानुपातिक तर्फका उमेदवार वुद्धि बहादुुर रायमाझी, माओवादी केन्दका प्रदेश सभाका समानुपातिक तर्फका उमेदवार छमकुमारी खनाल चिनारी, एमाले प्रदेश सभा समानुपातिक तर्फको उमेदवार,जाल्पा भुसाल लगाएयले मनतब्य राख्नु भएको थियो ।
कार्यक्रमा एमाले पाच नम्वर प्रदेश कमिटी सदस्य पबित्रा पौडेल, एमाले जिल्ला कमिटी उपसचिव प्रेमनारायण गैरे, माओवादी केन्दको जिल्ला सहसयोजक तोज बहादुर रायमाझी, भुमिकास्थान निर्वाचन परिचालन समितीका सयोजक खगिस्वर पन्थी, सहसयोजक राजेन्द आचार्य, एमाले पाँच नम्वर प्रदेश सम्पर्क सञ्चका सदस्य बिष्णु आचार्य, भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापा,एमाले नगरकमिटीका सचिव मणि पौडेल, सिआइजि अर्घाखाँचीका अध्यक्ष मुतmीनाथ भुसाल, पे्रश चौतारीका उपाध्यक्ष हृदय कुमार भुसाल, स्थानिय नेताहरु, तारा बहादुर मल्ल, गोपाल वेल्लासे, पे्रमनारायण बेल्वासे, दुर्गा बन्जाडे, भवानी घर्तिमगर, लगाएतको आथित्यता रहेको थियो ।
कार्यक्रमा खिल्जीमा दामोदर बेल्वासेको अध्यक्षता, सुनिता बेल्वासेको स्वागत मनतब्य,र राम प्रसाद गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७४ शुक्रबार ००:००  २ : १४ बजे