१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024

मगर संघ युएईमा नयाँ नेतृत्व



मंसिर ९ । नेपाल मगर संघ युएई शाखामा नयाँ नेतृत्व चयन भएको छ । १३ वर्ष यता युएईमा कार्यरत रुपन्देही मोतिपुरका टंक थापा मगरको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमितिको घोषणा गरिएको हो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शिला राना मगर, चार उपाध्यक्षमा मन सारु मगर, ज्ञावत राना मगर , लालबहादुर मगर र नरेन्द्र दिसुवा मगर हुनुहुन्छ । यस्तै भाषिक उपाध्यक्षमा कैलाश खाम मगर, महासचिवमा डोल राना मगर, सचिवमा भुवन थापा मगर, कोषाध्यक्षमा सुमन मगर, सहकोषाध्यक्षमा लोक सुनारी मगर र प्रवक्तामा मोहन बुढाथोकी मगर हुनुहुन्छ ।
कार्यसमितीका सदस्यमा सनम बाचे मगर, होम थापा मगर, नविन थापा मगर ,राजेन्द्र थापा मगर, फडेन्द्र बाम्पाकी मगर, चन्दा पुलामी मगर र नयन घर्ती मगर चयन भएको निर्वाचन समितिका संयोजक भुवन मगरले जानकारी दिनुभयो ।
नवनिर्वाचित कार्य समितिको आगामी पहिलो बैठकले संघको विधान बमोजिम सल्लाहकार तथा आवश्यकता अनुसार सदस्य मनोनयन गर्न सक्नेछ ।

प्रकाशित मिति : ९ मंसिर २०७४ शनिबार ००:००  ९ : ४० बजे