७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

राष्ट्रपतिबाट मताधिकार प्रयोगका लागि आह्वान



काठमाडौँ, १० मंसिर (रासस) ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न मतदातामा आह्वान गर्नुभएको छ ।

पहिलो चरणमा आज ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा राष्ट्रपति भण्डारीले आज दिनुभएको सन्देशमा नेपालको लोकतान्त्रिक संविधान कार्यान्वयनका लागि यो निर्वाचन कोशेढुंगा सावित हुने उल्लेख गर्नुभएको छ ।

राष्ट्रपतिले त्रास र अन्योलको वातावरणबाट मुक्त भएर आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्नुभएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० मंसिर २०७४ आइतबार ००:००  १२ : ३२ बजे