७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

३२ जिल्लाको मतदान ७ बजे देखि शुरु, साँझ ५ बजेसम्म भोट हाल्न पाइने



काठमाण्डौं, १० मंसिर ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरण निर्वाचनअन्तर्गत हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा मतदान सुरु भएको छ । पूर्व्निर्धा्रित कार्यतालिका अनुसार, अहिले बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।
मतदानमा बिहानैदेखि उत्साहपूर्ण सहभागिता देखिएको छ । मतदान गर्न बिहानैदेखि मतदाताहरु लामवद्ध भएका छन् । मतदाताले तोकिएको मतदान केन्द्रमा पुगेर साँझ ५ बजेसम्म मतदान गर्न पाउने छन् ।
संविधान जारी भएपछि पहिलोपटक संघीय संरचनाअनुसार प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुन लागेको हो ।
पहिलो चरणअन्तर्गत प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ । पहिलो चरणमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । आयोगका अनुसार ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन । जसका लागि दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्र राखिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७४ आइतबार ००:००  २ : २७ बजे