१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बृजेश गुप्ता र दीर्घनारायण पाण्डेद्धारा घरदैलो कार्यक्रमलाई तिव्रता



नन्दराम पौडेल, कपिलवस्तु, १० मंसिर ।
कपिलवस्तु क्षेत्र न २ अन्तरगत बाम गठबन्धन तथा स्वतन्त्र समुहबाट सुर्य चिन्हवाट प्रतिनिधि सभा उम्मेदवार बनेका बृजेश कुमार गुप्ता तथा प्रदेशसभा १ का उम्मेदवार दिर्घनारायण पाण्डेले घरदैलो गर्ने कार्यलाई तिब्रता दिएका छन । मंसिर १० गते विहान बुद्धमुमि नपा ४ बुड्ढीमा सम्पर्क कार्यालय उद्घाटन गरी वडा न ४ को गाउँ टोल सम्म घरदलौ कार्यक्रम गरेका छन ।
घरदैलोमा उम्मेदवारहरुलाई स्वागत गर्दै उम्मेदवारहरुलाई सफलताका लागी बृद्धबृद्धाहरुले आर्शिबाद दिएका थिए । कम्युनिष्ट पार्टी आएमा पहिले ६० बर्षमा गोलि हान्छ भन्थे तर गोलि हैन भत्ता दिएर बृद्धाहरुको सम्मान गरेको भन्दै यसपालिको मत सुर्यमा हाल्ने बताएका थिए । अहिले पनि विरोधीहरु ८० वर्षमा गोलिहान्छ लोकतन्त्र समाप्त हुन्छ भन्दै भ्रमको खेति गरेको भन्दै कांग्रेस, राप्रपा, मधेशवादी दल भन्दा बाम गठबन्धन लोकतन्त्रवादी भएको जेष्ठ नागरिकहरुले बताएका थिए ।
प्रतिनिधि भा तथा प्रदेश सभाका उम्मेदवार एमाले माओवादी केन्द्रका कार्यकर्ता तथा नेताहरु बुड्डी, करनौलिया, जोतपुर, किलौली थारु गाउ, मोर्मा प्रतापुर गेलवार डावरा लगायतका गाँउमा घरदैलो सम्पन्न गरेका छन ।
यसै गरी शनिवार बरकलपुरका गाउहरुको घरदैलो गरेका थिए । स्थानीयले यसैमौका पारि आफ्ना गाँउको सडक, यातायात, विद्युत, पानीको समेत समस्या राखेका थिए । विगतमा जितेका उम्मेदवरहरु गाँउ नर्फकने गरेको स्मरण समेत गराएका थिए । स्थानीयले गुडुरुगं सिंचाई आयोजना सुरेन्द्र आर्चाय सिचाई मन्त्रि हँुदा समेत नबनेकोले त्यसका लागि पहल गर्न आग्रह गरेका छन ।
घरदैलो कार्यक्रममा स्थानीयहरु बाम गठबन्धन तथा स्वतन्त्र समुहको संयुक्त चुनावी अभियानले कार्यकर्ता समथक उत्साहित बनेका थिए । स्थानीय निर्वाचनमा एमाले, माओवादी मिलेको भए बुद्धभुमि नगरपालिका जितिने थियो भन्दै अहिले भुलेर पनि सुर्यवाहेक अरुमा भोट नहाल्ने स्थानीय जगुलाल पोखरेल बताउनुहुन्छ ।
अहिले स्थानीय निर्वाचनलाई पाठ सिकेर गठबन्दनका उम्मेदवारलाई जिताउन लाग्नु पर्ने निर्वाचन परिचालन कमिटिका सह संयोजक रुद्ध्रलाल बन्जाडे बताउनु हुन्छ । यस्तै घरदैलोमा उम्मेदवाहरु एमाले प्रदेश न २ क को संयोजक पितावर खनाल, देवि बेल्वासे, टिका उपाध्याय लगायत सयौ कार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७४ आइतबार ००:००  ११ : ३७ बजे