११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

पहिलो चरणको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न



काठमाडौँ, १० मंसिर (रासस) ।
पहिलो चरणमा आज भएको प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनमा औषत ६५ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगका अनुसार पहिलो चरणमा भएको निर्वाचनमा मुलुकभर ६५ प्रतिशत मत खसेको छ । बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मतदाताले मतदान गर्नुभएको आयोगले जनाएको छ ।

मुलुकभरबाट मतदानको विस्तृत विवरण आउने क्रम जारी रहेको छ । उच्च पहाडी र हिमाली ३२ जिल्लामा आज पहिलो चरणको निर्वाचन भएको हो भने बाँकी ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १० मंसिर २०७४ आइतबार ००:००  १२ : ३६ बजे