१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

ओली र प्रचण्डले नेपालगञ्जको कार्यक्रमलाई सम्बोधन गर्ने



नेपालगञ्ज, मंसिर ११ ।

वाम गठबन्धनले सोमबार नेपालगञ्जमा आयोजना गर्ने आमसभालाई एमाले र माओवादी केन्द्रका शिर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।

नेपालगञ्जको त्रिभुवनचोकमा आयोजना गर्ने आमसभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बर्दियामा हुने चुनावी कार्यक्रम सकेर उहाँहरु नेपालगञ्ज आउने एमाले बाँकेका सचिव रत्न खत्रीले जानकारी दिनुभयो । मधेस आन्दोलनको केन्द्र त्रिभुवचोकमा वाम गठबन्धनका शीर्ष नेताले गर्ने कार्यक्रमलाई लिएर बाँकेमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७४ सोमबार ००:००  ४ : ०७ बजे