७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

दिउँसो १ बजेसम्म धादिङका सबै मतपेटिका सदरमुकाम ल्याइने



धादिङ, मंसिर ११ ।

धादिङमा आइतबार भएको प्रदेश र प्रतिनिधिसभा चुनावको १ सय ५३ वटा मतपेटिका अझै सदरमुकाम आएको छैन् । निर्वाचन क्षेत्र १ को सबै मतपेटिका सदरमुकाम ल्याइए पनि २ नम्बर क्षेत्रमा पर्ने उत्तरी धादिङका १ सय ५३ मतपेटिका सदरमुकाम आइनसकेका हुन् ।

उत्तर धादिङका ५१ वटा मतपेटिका हेलिकप्टरबाट ल्याउने तयारी गरिए पनि बाँकि मतपेटिका गाडिबाट नै ल्याइने जिल्ला निर्वाचन कार्यालय धादिङका प्रमुख इश्वर सिंखडाले जानकारी दिनुभयो । सोमबार दिउँसो १ बजेसम्म सबै मतपेटिका सदरमुकाम आइपुग्ने उहाँले बताउनुभयो ।

निर्वाचन क्षेत्र १ को मतपेटिका जिल्ला भू संरक्षण कार्यालय र क्षेत्र २ को मतपेटिका जिल्ला समन्वय समितीको कार्यालयमा राखिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७४ सोमबार ००:००  ४ : ०८ बजे