१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

लोक सांगितिक क्षेत्रमा जम्दै बसन्त र कविता



सन्तोष पन्थी, कपिलवस्तु ।

बाबा निम प्रसाद खनाल र आमा सुनिता खनालको कोखबाट वि।सं। २०५५ साल कपिलवस्तुको जगदिशपुरमा जन्मिएकि कविता खनाल यतिबेला लोक सांगितिक क्षेत्रमा मौलाउदै गएकि छिन् । “मनै अन्त रैछ आखीर माया लायर के भो ९२०७२०” बाट आफ्नो सांगितिक यात्रा शुरु गरेकि खनालले हाल सम्म तिन दर्जन भन्दा बढि लोक एल्वममा आफ्नो श्वर दिएर बजार सम्म ल्याउन सफल भएकि छिन् ।
छोटो समयमै धेरै गितमा श्वर दिएकि खनाल यतिबेला देशका विभिन्न स्थानमा हुने मेला महोत्सबमा निकै व्यस्त देखिन्छिन् । यतिबेला उनको पछिल्लो लोक दोहोरी गित मलाई बुढिले सधै दिन्छे टेन्सन, बजारमा आएको छ । श्रीमान बसन्त सङ्गम कालाथोकिको लय, शब्द त्यसैगरि कविता र स्वयम् कालाथोकिको श्वरमा सजिएको यो गितले बजारमा निकै चर्चा पाउने आशा रहेको उनि बताउछिन् ।
यो गितमा चर्चित हास्य कलाकार सुसिला निरौला ९बिम्ली०, कमल खनाल, कोपिला अधिकारि लगायतका कलाकारहरुको अभिनयले सुनमा सुगन्ध थपिदिएको उनको भनाई छ । करन चैसिरको निर्देशन तथा छायांकन रहेको उत्तः गितको बजार व्यवस्थापन आशिष म्युजिक प्रा।लि। ले गरेको छ ।
सांगितिक क्षेमा कसरि प्रवेश गर्नुभयो भन्ने प्रश्नमा उनि भन्छिन, “म नेपाली लोक संगितलाई निकै नै माया गर्थे, सानै देखिनै गितहरु गुनगुनाउथे, रेडियोका विभिन्न कार्यक्रममा गित गुनगुनाएर विजेता बन्थे खुसि लाग्थ्यो, म पनि एकदिन राम्रो गायिका बन्नेछु भनेर सपना बुन्न थाले सोहि अनुसार २०७२ सालमा मेरो आमा बुवा, घरपरिपार, श्रीमान बसन्त लगाएको साथ, सहयोग, प्रेरणा र हौसलाको कारण संगित क्षेत्रमा प्रवेश गरेर अहिले यो स्थान सम्म आईपुग्न सफल भएकि छु ।”
संगित क्षेत्र कस्तो क्षेत्र हो रु तपाइको विचारमा कस्तो लाग्छ, सफल हुन के गर्नुपर्छ, चुनौति र अवसरहरु के के छन् रु भन्ने प्रश्नमा खनाल फेरी भन्छिन्, “संगित एक सुख,दुःखको सारथी हो । कुनैपनि क्षेत्रमा सफल हुन दृढ संकल्प र अठोट चाहिन्छ र धैर्य गर्ने बानि हुनु पर्छ एकदिन सफलता हात अवश्य लाग्दछ । संगितमा अवसरहरु धेरै छन् अवसर संगै चुनौति पनि उत्तिकै छन्, ति अवसर र चुनौतिलाई समायोजन गर्दै अगाडि बढ्ने हो भने असम्भव केहि पनि छैन् ।”
उता बाबा कुल प्रसाद कालाथोकी र आमा पदमा कालाथोकीको कोखबाट वि।सं।२०५२ सालमा प्यूठान जिल्लामा जन्मिएका बसन्त संगम कालाथोकि पनि लोक संगितको क्षेत्रमा चर्चाको शिखरमा छन् । आँखाको नानी ९२०७२० बाट आफ्नो सांगितिक यात्रा शुरु गरेका कालाथोकिले पनि झण्डै चार दर्जन गितहरुमा श्वर भरेका छन् ।
“छोरी जन्मे हिरोइन ९२०७३०” एल्बम बजारमा ल्याएसँगै शुरुवात भएको कविता र बसन्तको जोडिले हालसम्म, मनै अन्त रैछ, रोको छ देश, आखिर सम्मान, प्यार बस्यो प्यार, भुल्यो दुनिया, आफ्नो मृत्यु लगाएतका दर्जनौ गितहरु बजार सम्म ल्याएका छन् ।
लोक संगितको जगेर्ना गर्दै आफ्नो सांगितिक यात्रालाई अगाडि बढाई रहेका यि जोडिलाई देश तथा विदेशबाट श्रोता तथा दर्शकको निकै नै साथ र सहयोग रहेको छ । आगामि यात्रा पनि सफल रहने छ आशा राखौँ, ।

 

प्रकाशित मिति : ११ मंसिर २०७४ सोमबार ००:००  ५ : १६ बजे