१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

टोप बहादुर रायमाझीका चुनावी एजेण्डा यस्ता छन



मायादेवी अनलाइन, कपिलवस्तु ।
“अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा बन्न गईरहेको एयरपोर्टको सम्पूर्ण सम्भाव्यता अध्ययन, ड्रईङ्ग, डिजाईन सहितको सम्पूर्ण कार्य सम्पन्न भएकोमा उक्त एयरपोर्ट निर्माण कार्यलाई यथाशिघ्र अगाडी बढाईनेछ ।” यो वाक्य हो प्रतिनिधी सभामा वाम गठबन्धनका तर्फवाट अर्घाखाचीमा उम्मेदवार रहनु भएका पूर्व उपप्रधानमन्त्री टोप वहादुर रायमाझीको मंगलवार सार्वजनिक घोषणा पत्रको । रायमाझीले एयरपोर्ट संचालनमा ल्याई छाड्ने अठोट ब्यक्त गर्नु भएकोछ ।

उद्योग विकासको विकासमा रायामाझीका प्रतिवद्धता झनै आकर्षकछन् । भनिएकोछ —उद्योगका लागि चाहिने आवश्यक विजुली खानेपानीको व्यवस्था गरिनेछ । अर्घाखाँचीमा उत्पादन हुने विशेष वस्तुहरुमा कर राहतको व्यवस्था गरि त्यस्ता वस्तुको उत्पादनलाई प्रोत्साहन गरिनेछ ।आवश्यक पुर्वाधार सहितको अध्ययन अनुसार विशेष आर्थिक क्षेत्र घोषणा गरिनेछ । सेज भनेको निर्णत मुखी उत्पादन क्षेत्र हो ।

रायमाझीको यो घोषणा ब्यवहारमा कार्यान्वयन भएमा अर्घाखाचीमा उत्पादित बस्तु देश विदेशमा निर्यात हुनेछन् । प्रमुख राजनीतिक दलले चुनावलाई केन्द्रमा राखेर केन्द्रीय स्तरमा आआफ्ना घोषणापत्र बनाएर सार्वजनिक गरि रहदा रायमाझीको महत्वकांक्षी घोषणापत्र सार्वजनिक भएको हो । प्रतिनिधिसभाका उम्मेदवार रायमाझीले स्थानीय मुद्दा समेटेर वामगठबन्धनका तर्फवाट चुनावी घोषणापत्र बनाउनु भएको हो ।

विदेशिएका दिदीबहिनी– दाजुभाईहरुलाई उचित वातावरण सहित फिर्ता ल्याउनु छ, गाउँ–गाउँमा विकासका पुर्वाधार प¥याई गाउँलाई झिलिमिली पार्नु छ , उद्योग धन्दा, कल कारखाना स्थापना गराई रोजगारीका अवसर सृजना गनुपर्ने छ, समग्रमा अर्घाखाँची विकासका जल्दो बल्दो नमुना बनाउनु छ । अर्घाखाँचीलाई विकास भुमि बनाउन धेरै अध्ययन र अनुसन्धान पछि “अब्बल अर्घाखाँची” को अवधारणा अनुरुप यो घोषणापत्र तयार गरिएको हो भनिएकोछ । पछिल्लो दुई पटकको निर्वाचनमा हजुरले दिनुभएको मतको सम्मान गर्दै संविधान निर्माणमा त्रियाशील भूमिकासँगै जिल्लाको विकास निर्माणमा गतिशीलता दिएको सर्व–विदितै छ । अझ बढी अनुभव, परिपक्वता, बुझाई र नया जोश जाँगरसहित हजुर माझ आएको छु ।

“अब्बल अर्घाखाँची” बनाउने मेरो संकल्पलाई यथार्थमा परिणत गर्न गोलाकार भित्रको हसिया हतौडामा र प्रदेश सभामा उम्मेदवार दिनुभएको साथीहरुलाई सूर्य चिन्हमा भोट गरि भारी मतका साथ विजयी गराउनु हुनेछ भन्ने पुर्ण विश्वास लिएको छु रायमाझीले भुमिकाका साथ भन्नु भएकोछ । स्थानीय घोषणा पत्रमा ५ वर्षमा १० हजार र १० वर्षमा ३० हजार विदेशिएका अर्घाखाँचीका दाजुभाइ, दिदीबहिनीलाई उचित अवसर सृजना गरि अर्घाखाँची फिर्ता गराउने, भ्रष्टचारमा शुन्य सहनसीलता र चुस्त सरकारी सयन्त्र मार्फत शुशासन कायम गराउने, अर्घाखाँचीलाई विकास र सकारात्मक परिवर्तनका लागि नमुना जिल्ला बनाउने उल्लेख छ । अब्बल अर्घाखाँची,युवा फर्किन्छ जब— गाउँ बन्छ तब, भरिनेछन÷जाग्नेछन् फेरि हाम्रा गाउँहरु, पढ्नेछ अर्घाखाँची— बढ्नेछ अर्घाखाँची जस्ता रोचक नाराहरु समेत घोषणा पत्रमा राखिएकोछ ।

गाउँ गाउँमा रोड— विकासमा जोड ,कृषिमा लगानि —मिठो खाना राम्रो आम्दानी, स्वास्थ सेवा— सबैलाई मेवा,विकासको बाटोमा अर्घाखाँची — विदेशिने छैन कोही सपना साँची,फर्किनेछन् दिदी बहिनी दाजुभाइ— जब हुनेछ पसिना अनुसारको कमाई,बाम एकता चम्किनेछ—अर्घाखाँची विकासतिर लम्किनेछ जस्ता नारा घोषणापत्रमा छापिएका छन् । केन्द्रिय स्तरका रणनीतिक सडकहरु कालेपत्रे गर्ने भन्दै सडको सूची नै राखिएकोछ । जसमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन, रिडि–सुर्खेत, भालवाङ्ग–ऐरावती–नुवाकोट–खरवाङ्ग, चाक्ला–जुकेना–दुरवाङ्ग–प्युठान, पटौटी–कुखुरेदेउराली–फज्र्याङ्ग–सिमिचौर–तम्घास, खाचीकोट–नुवाकोट–अर्घाकोट–वल्कोट, पावरा–सिमलपानी–चाक्ला–भालुवाङ्ग जस्ता सडकहरु रहेका छन् ।
स्थानीय तहमा विभिन्न परियोजनावाट संचालनमा आएका सडकलाई कालोपत्रे गर्ने भन्दै गच्छे–भालुवाङ्ग, सन्धिखर्क–वल्कोट–तम्घास,घुम्ति–पाल्पा,)सन्धिखर्क–धारापानी–ढाकावाङ्ग–प्युठान,सन्धिखर्क–नुवाकोट–खिल्जि–असुरकोट–प्युठान,सन्धिखर्क–अर्घा–हिले–राइखन्ने आदी सडकहरु राखिएकोछ । गाउँ–गाउँलाई उज्यालो बनाउन प्रसारण लाईनको स्तरोन्नती गरिनेछ । राष्ट्रिय प्रसारण लाईन नपुगेको ठाउँमा नविकरणीय उर्जा(सौर्य, लघु जलविद्युत आदि) को मार्पmत उर्जाको माग व्यवस्थापन गरिनेछ ।नौमुरे जलविद्युतको निर्माण कार्यलाई अगाडी बढाउन पहल गरिनेछ ।

खाना पकाउनको लागि दाउरको विकल्पमा वायो ग्याँस निर्माण गरि वैकल्पिक उर्जाको व्यवस्था घरघरमा पु¥याईनेछ आदी उर्जा क्षेत्रका नविन कार्यक्रम राखिएकोछ । शिक्षाक्षेत्रमा रायमाझी घोषणाले जनसंख्या अनुसार आवश्यकता अध्ययन गरि विद्यालयहरु स्थापना गरिने , जिल्लामा भएका विद्यालयहरुको अनुगमन गरि आवश्यकता अनुसार स्तरोन्नती गरिने, प्रत्येक वडा कम्तिमा एक एक विद्यालयमा फ्रि–वाईफाई सहित आधुनिक शिक्षण प्रणाली कार्यन्वयन गरिने, दलित, जनजाति र आर्थिक रुपमा पिछडिएका विधार्थीका लागि विशेष व्यवस्था गरि उचित शिक्षाको सुनिश्चितता गरिने भनेकोछ ।जिल्लाभरि प्राविधिक जनशक्ति विकास गर्ने हिसाबमा प्राविधिक केन्द्रहरु स्थापना गरिनेछ भन्दै अर्घाखाँचीलाई विशिष्ट शैक्षिक केन्द्रको रुपमा स्थापना गरि जिल्ला बाहिरका विद्यार्थी पढ्न आउने वातावरण सृजना गरिने उल्लेख छ ।स्वास्थ्य तर्फ प्रत्येक गाउँमा एउटा प्राथमिक उपचार केन्द्र खोलिने, सदरमुकाममा ५० रोपनीको सुविधा सम्पन्न अस्पतालको निर्माण गरिने, गरिब, दलित र जनजातिको स्वास्थमा पहुँच बढाउने उद्देश्यले सहुलियत दरको सुविधा सहितको व्यवस्था गरिने उल्लेख छ ।

कृषि क्षेत्रमा विशेष जोड दिदै जिल्लाभरमा ४ वटा शित भण्डारण केन्द्र स्थापना गरि सिजनमा उत्पादन भएका तरकारी र फलपूmल भण्डारण गरिनेछ र अफ सिजनमा विक्री गरिनेछ ।आधुनिक कृषिका लागि कृषि शिक्षा र कृषि विज्ञहरु अत्यावश्यक हुन्छन भन्दै कृषि शिक्षा दिने प्राविधिक शिक्षालय हरेक स्थानिय तहमा खडा गरिनेछ उल्लेखछ । कृषि सहकारी मार्फत स्रोत आदान प्रदान गरि उत्पादनलाई सहि बजार र मुल्य हरेक किसानहरुलाई प्रोत्साहन गर्न प्रदेश स्तरबाट कर छुट गरिनेछ ।

उन्नत जातका विउँहरुको प्रयोगबाट उत्पादकत्व बढ्ने हुनाले उन्नत जातका विउका लागि विज भण्डारण स्थापना गरिनेछ । अर्घाखाँची जिल्लाभर उच्च स्तरिय कृषि विज्ञ समिति बनाई त्यहाँका सुझावहरु कार्यान्वयन गरिनेछ । कृषि बजार प्रवद्र्धन गर्न ठाउँ ठाउँमा हाट बजारको लागि पुर्वाधार स्थापना गरिनेछ । ठाउँहरु पहिचान गरि जिल्लामा उन्पादन हुने तरकारी फलफूल र माछा मासुका पकेट क्षेत्र घोषणा गरि त्यस सँग सम्बन्धित कृषि उत्पादनलाई जोड दिइनेछ जस्ता कुराहरु रायमाझीको घोषणा पत्रमा लेखिएका छन् ।

युवा विकास र खेलकुद र उद्यमशीलताको क्षेत्रमा प्रत्येक गाउँमा सुविधा सम्पन्न खेल मैदान बनाई विभिन्न खेलकुदहरुलाई प्रोत्साहन गर्ने, सदरमुकाममा खेल प्रशिक्षण केन्द्र खोलि क्षमतावान् खेलाडीलाई प्रशिक्षित गराई राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय स्तर सम्म पु¥याउने, युवा क्लबहरु गठन गरि युवाहरुलाई सामाजिक काम, शिप विकाशतर्फ केन्द्रित गरिने, अर्घाखाँचीभित्र काम गर्ने युवा उद्यमीहरुलाई प्रोत्साहन हुने गरि नीति तथा कार्यक्रम ल्याईने भनिएकोछ ।

पर्यटनक्षेत्रमा जिल्लाका अति महत्वपूर्ण धार्मिक र सांस्कृतिक संरचनाहरुको प्रवद्र्धन गरि पर्यटक भित्रयाउन आवश्यक पुर्वाधार खडा गरिने,पहाड तथा जंगलहरुको सम्भाव्यता अध्ययन गरि साहसिक पर्यटनका आयाम किटान गरिने वताइएकोछ । विदेशिएका दाजुभाइ दिदी बहिनीको गुनासाहरु संम्बोधन गर्नका लागि हटलाइनको स्थापना गरिने र सरकारी काम कारवाहि चुस्त बनाउन आवश्यक कदम चालिने कुरा शुसासन अन्तर्गत राखिएकोछ ।

 

प्रकाशित मिति : ११ मंसिर २०७४ सोमबार ००:००  ७ : ५८ बजे