१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कालीकोटमा जीप दुर्घटना हुँदा तीनको मृत्यु, छ जना घाइते



कालीकोट, १३ मंसिर ।
कर्णाली राजमार्ग अन्तरर्गत कालिकोटको खाडाचक्र नगरपालिका वडा नं २ जिल्ला अस्पताल मोडमा बोलेरो दुर्घटना हुदाँ तीन जनाको ज्यान गएको छ । दुर्घटनामा परी चन्दननाथ १० का यदुराज न्यौपाने, रारा छायानाथका नरबिक्रम मल्ल, सोरु गाउपालिकाका जयरुप बुमीको निधन भएको प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिए । घाइते पाँच जनाको अवस्था सामान्य रहेको छ भने एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
मुगुबाट सुर्खेत जार्दै गरेको लु २ च २०३ नम्बरको रातो प्लेटको बोलेरो मंगलबार बेलुका राति १०-३० बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिए ।

प्रकाशित मिति : १३ मंसिर २०७४ बुधबार ००:००  ३ : १५ बजे