२१ आश्विन २०७९, शुक्रबार | Fri Oct 7 2022

काठमाडौंमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने धमाधम पक्राउ पर्दै



काठमाडौं, मंसिर १६ ।
ट्राफिक प्रहरीलाई प्रलोभन देखाएको आरोपमा काठमाडौंबाट एकजना चालक पक्राउ परेका छन् ।
शुक्रबार जाँडरक्सी खाएर बा ७२ प ४०१५ नम्बरको मोटरसाइकल चलाएका चालकले ट्राफिक प्रहरीलाई पैसा दिएर छुट्न खोजेको आरोपमा सोह्खुट्टेबाट पक्राउ गरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
गएको मंगलबारदेखि शुक्रबारसम्ममा ट्राफिक प्रहरीलाई हातपात गर्ने दुईजनासहित प्रलोभनमा पार्न खोज्ने ८ जना पक्राउ परेका छन् । उनीहरुलाई सबैलाई सार्वजनिक मुद्दा लगाउने तयारी गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७४ शनिबार ००:००  ४ : ३५ बजे