१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सेनाको टोलीद्वारा विस्फोटक पदार्थ नष्ट



भक्तपुर, मंसिर १६ ।
नेपाली सेनाको बम डिस्फोजल टोलीले भक्तपुरको थिमिमा भेटिएको विस्फोटक पदार्थ नष्ट गरेको छ । मध्यपुरथिमि नगरपालिका–४ माउण्ट सिनाई ईङ्गलिस स्कूल पछाडि पाखोमा भेटिएको विस्फोटक पदार्थ नेपाली सेनाको टोलीले डिस्फोज गरेको छ ।
शनिबार बिहान खतरा लेखेर राखिएको शंकास्पद पोको स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार एउटा सिसी भित्र खतरा लेखिएर राखेको शंकास्पद बस्तु भेटिएपछि बम भएको आशंका गरिएको थियो ।
स्थानीय विष्णुवीर मन्दिर नजिकै रहेको त्यो पाखोलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर चारघण्टाको प्रयासपछि नेपाली सेनाको बम डिस्पोजल टोली आएर डिस्फोज गरेको हो । स्थानीय बासिन्दालाई आतंकित पार्ने प्रयास स्वरुप स्कूलको छपाडि पाखोमा विस्फोटक पदार्थ राखिएको पाइएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : १६ मंसिर २०७४ शनिबार ००:००  ८ : ३१ बजे