१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

स्वतन्त्र उम्मेदवारनै वाम गठबन्धनमा



गुल्मी १६ मसिंर, ।

गुल्मी प्रतिनिधी सभा २ प्रदेश सभा २ का स्वतन्त्र उम्मेदवार वाम गठबन्धनमा प्रवेश गरेका छन । प्रतिनिधी सभा २ प्रदेश सभा २ का स्वतन्त्र उम्मेदवार धनिश्वर गौतम वाम गठबन्धनमा प्रवेश गर्नुभएको हो ।
लामो समय नेपाली काग्रेसका बिभिन्न जिम्मेवारीमा रहेर काम गरेका गौतम पछिल्लो समय काग्रेसको निती तथा कार्यक्रमवाट असन्तुष्ट रहेर स्वतन्त्र उम्मेदवार भएका थिए । लामो समय नेपाली काग्रेसमा रहेर काम गरे पछिल्लो समय काग्रेस मन नपरेर स्वतन्त्र उम्मेदवार भएको हुँ ।’ नेकपा एमालेको विकल्प नभएकाले पाटी प्रवेश गरेका उहाले बताउनुभयो ।

उहाले प्रतिनिधी सभा र प्रदेश सभाका वामपन्थीहरुका साझा उम्मेदवारहरुलाई विजयी बनाउन आफु लाग्ने घोषणा समेत गर्नु भएको छ ।

गौतम सहित रेसुङ्गा नगरपालिका ४ अर्खलेका १ दर्जनबढी युवाहरुलाई एमाले केन्द्रिय पाटी सचिव तथा गुल्मी प्रतिनिधी सभा उम्मेदवार गोकर्ण विष्टले स्वागत गर्नुभएको थियो । गौतमलाई निर्वाचन आयोगले घुम्ने कुर्सी चुनाव चिन्ह दिएको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७४ शनिबार ००:००  ८ : ३३ बजे