१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बारामा किसान दम्पतीको हत्या



बारा, मंसिर १६ ।
बारामा शुक्रबार राति किसान दम्पतीको हत्या भएको छ । जितपुरसिमरा उपमहानगरपालिका–३ का किसान दम्पती ३६ वर्षका दीपक सुवेदी र उहाँकी श्रीमती ३२ वर्षकी दीपिका सुवेदीको हत्या भएको हो ।
सुवेदी गाई फर्म संचालन गर्दै आएका सुवेदी दम्पतीको रहस्यमय हत्या भएको प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताउनुभयो । दीपकको शव घर बाहिर परालले छोपिएको अवस्थामा र दीपिकाको शव घरमै फेला परेको हो । घटनास्थलबाट हथौडा, रड र बाँसको चिरपट फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान गर्न तालिम प्राप्त कुकुर र अपराध अनुसन्धान महाशाखाबाट टोली झिकाइएको प्रहरी उपरीक्षक वैदवारले बताउनुभयो ।

प्रकाशित मिति : १६ मंसिर २०७४ शनिबार ००:००  ८ : ३७ बजे