१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

बालाजुबाट १० किलो सुनसहित एकजना पक्राउ



काठमाडौं, मंसिर १७ । काठमाडौंको बालाजुबाट १० किलो अवैध सुनसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । रसुवाको केरुङ नाकाबाट भित्राइएको १० किलो सुनसहित एक व्यक्तिलाई पक्राउ गरिएको बालाजु प्रहरीले जनाएको छ ।
मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर सुन ल्याउँदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा जाँच गर्दा उनलाई शनिबार साँझ सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७४ आइतबार ००:००  ६ : १० बजे