२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

अर्घाखाँचीमा ट्याक्सि दुर्घटना हुँदा १ को मृत्यु, २ जना घाईते



कपिलवस्तु, १८ मंसिर ।
गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको सितगंगा नगरपालिका २ दमारा घुम्टिमा सोमबार बिहान ट्याक्सि दुर्घटना हुँदा नवलपरासी बर्दघाट ४ का ४७ बर्षिय चालक रामबहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा २ जना गम्भिर घाईते भएको बताइएकोछ ।
नवलपरासीको बर्दघाटबाट सन्धिखर्क जाँदै गरेको लु १ च १४१८ नम्बरको ट्याक्सि माथिल्लो सडकबाट कम्तिमा ३० मिटर तल्लो सडकमा खसेको छ ।
घाईते हुनेमा सुर्य मा.बि देउरालीको मतदान सहायक अधिकृत हरि आचार्य र ठेगना नखुलेका मानसिंह थापाको बुटवल अञ्चल अस्पातलमा उपचार भईरहेको बताइएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७४ सोमबार ००:००  १० : ५५ बजे