१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

गुल्मीमा चुनावको तयारी पूरा, सुरक्षा व्यवस्था कडा



गुल्मी, २० मंसिर ।
गुल्मीमा चसनावको सम्पूर्ण तयारी पूरा भएको छ । मुख्य निर्वाचन कार्यालय गुल्मीका अनुसार चुनावको सबै तयारी पूरा गरिएको जनाएको हो ।
चुनावको लागि सबै मतदान केन्द्रमा मतदान समाग्री, मतदान अधिकृत, सुरक्षा निकायका कर्मचारी पुगिसकेको निर्वाचन कार्याल गुल्मीले जनाएको छ ।
मतगणनाको लागि सिसी क्यामेरा जडान
गुल्मीमा मतगणनाको लागि पूर्व तयारी गरिसकिएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । विभिन्न मतदान केन्द्रबाट ल्याएका मतपेटीका संकलन स्थलदेखि मतगणना स्थलमा सिसी क्यामेरा जडान गरिसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतगणनाको लागि क्षेत्र नम्बर १ को लागि जिल्ला प्राविधिकको भवनमा र समन्वय समितिको हल प्रयोग गरिने भएको छ । क्षेत्र नम्बर २ को जिल्ला प्रशासन कार्यालय गुल्मीको भवन प्रयोग हुने भएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७४ बुधबार ००:००  १ : ५७ बजे