१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

राहुल गान्धी कांग्रेस आईको अध्यक्ष बन्दै



भारत २० मंसिर ।
भारतको प्रमुख विपक्षी दल कांग्रेस आईको अध्यक्षमा राहुल गान्धी निवार्चित हुने निश्चित भएको छ ।
यो पदमा गान्धीले मात्र उम्मेदवारी दिएपछि उहाँ निर्विरोध चयन हुने निश्चित भएको हो । राहुल गान्धी पाँच वर्ष यता पार्टीका उपाध्यक्ष हुनुहुन्छ । सोनिया गान्धीले १९ वर्षदेखि कांग्रेस आई पार्टीको अध्यक्षको कार्यभार सम्हाल्दै आउनुभएको छ ।
स्वास्थ्यलगायत कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै सोनियाले पद छोड्न लाग्नुभएको हो । पार्टीको महाधिवेशन सन् २०१९ मा हुँदैछ ।

प्रकाशित मिति : २० मंसिर २०७४ बुधबार ००:००  १ : ५९ बजे