१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

काठमाडौं सहित देशका बिभिन्न ठाउँमा भेटिएको बम सेनाद्वारा निष्कृय



मंसिर २० । बिहीबार पनि देशका विभिन्न ठाउँमा बम भेटिएको छ । धेरै ठाउँमा राखिएका बम सेनाको टोलीले निष्क्रिय पारेको छ । सिरहाको लहान नगरपालिका–९ गोठटोलमा बिहान फेला परेको सकेट बम सेनाको टोलीले निष्क्रिय पारेको छ ।
यस्तै मोरङ कानेपोखरी गाउँपालिका ६ बिहीबारे बजारमा बिहान भेटिएको बम सेनाले निष्क्रिय पारेको छ । यसैगरी मकवानपुरमा हेटौडा उपहानगरपालिका ८ कमानेमा राखिएको बम पनि निष्क्रिय पारेको प्रहरीले जनाएको छ । काभ्रेको मण्डन देउपुर नगरपालिका ७ कुन्ताबजार र जंगलमा भेटिएको बम पनि निष्क्रिय पारिएको प्रहरीले जनाएको छ ।
यस्तै स्याङजाको अर्जुन चौपारी गाउँपालिका चिसापानी र स्याङजाकै पुतलीबजार नगरपालिका ४ फूलबारीमा पनि सेनाले बम निष्क्रिय पारेको छ । ललितपुरको पुल्चोक र पाटन तथा काठमाडौंको मनमैजु र बसुन्धारामा पनि शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।
कपिलवस्तु बाणगंगा ९ गाइया र कपिवस्तुको शिवराज नगरपालिकामा भने बम विस्फोट भएको छ । विष्फोटमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७४ बुधबार ००:००  ७ : १२ बजे