१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दाङ आमाको किरियामा बसेका छोरा बुहारी मतदान केन्द्रमा



दाङ, मंसिर २१ । दाङमा एकैघरका ५ जना किरियापुत्रीले मतदान गरेका छन् ।
घोराही उपमहानगरपालिका वडा नम्बर १ को जनता आधारभूत मतदान केन्द्रबाट ५ जनाले मतदान गरेका हुन् । ७ दिनअघि ज्यान गुमाएकी हिमा पुनका छोराहरु तिलबहादुर पुन, जेरबहादुर पुन र मुक्ति पुन तथा बुहारीहर गोमा पुन र यमी पुनले मतदान गरेका हुन् ।
उनीहरुले जीवनमा विरलै मात्र आउने मतदानको अवसर आफूहरुले सदुपयोग गरेको बताएका छन् । ‘यो अवसर अब ५ बर्षपछि मात्रै आउने हो, त्यो बेलासम्म जे पनि हुनसक्छ, त्यसैले किरिया बसेको बेलामा पनि हामी भोट हाल्न आयौं’ उहाँहरुले उज्यालो अनलाइनसँग भन्नुभयो ।

प्रकाशित मिति : २१ मंसिर २०७४ बिहिबार ००:००  ६ : ३३ बजे