११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

प्रदेश राजधानी चाँडै स् प्रधानमन्त्री देउवा



डडेल्धुरा, मंसिर २१ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशका राजधानी चाँडै तोकिने बताउनुभएको छ । गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री देउवाले निर्वाचनमा नेपाली काँग्रेसले बहुमत ल्याउने बताउनुभयो । “अबको सरकार कांग्रेसले बनाउँछ, सम्पूर्ण समस्या समाधानको जिम्मा पनि काँग्रेसको हो” उहाँले भन्नुभयो ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले रुवाखोला मतदान केन्द्रमा मतदान गर्नुभएको हो । प्रतिनिधिसभा सदस्यको उमेदवारसमेत रहनुभएका उहाँले त्यो मतदान केन्द्रबाट छैटौँपटक मतदान गर्नुभएको हो । मतदानपछि प्रधानमन्त्री देउवा काठमाडौं फर्किनुभएको छ । रासस

प्रकाशित मिति : २१ मंसिर २०७४ बिहिबार ००:००  ६ : ३४ बजे