१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

विशेषझडप भएपछि स्थगित सर्लाहीको जनता मावि फुलपरासी मतदान केन्द्रमा मतदान सुरु



सर्लाही, मंसिर २१ । कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपा नेपालका कार्यकर्ताबीच झडप भएपछि स्थगित भएको सर्लाहीको कौडेना गाउँपालिका २ जनता मावि फुलपरासी मतदान केन्द्रमा मतदान सुरु भएको छ । एक जना अशक्त व्यक्तिको मत हाल्न कांग्रेस र राजपा दुवै दलका प्रतिनिधि अघि सरेपछि झडप भएको थियो ।
दुई दलका कार्यकर्ताबिच झडप हुन थालेपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड हवाई फायर गरेको थियो । सर्लाही क्षेत्र नम्बर २ मा कांग्रेसका जंगीलाल राय र राजपाका महेन्द्र राय यादव चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रकाशित मिति : २१ मंसिर २०७४ बिहिबार ००:००  ६ : ३८ बजे