१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मतदान अधिकृतको कमजोरीले तनाव, फेरी मतदान गरिने



बिष्णु कुमार आले, सितगंगा, २१ मंसिर ।
अर्घाखाँचीका १ सय ७४ मतदान केन्द्रको सन्धिखर्क ५ वाङला मथुरा निमाबि मतदान ‘ख’ केन्द्र बाहेक अरु मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान कार्य सम्पन्न भएको छ । मथुरा निमाबि नेटा वाङला ख केन्द्रमा खटिएका मतदान अधिकृत सुरेन्द्र अधिकारीले २४ ओटा मतपत्रमा आफनो सहि नै नगरि मतदान गर्न दिएको फेला परेपछि सर्वसाधारण आक्रोशित भएका थिए ।
अधिकारीले २४ ओटा मतपत्रमा अधिकृतको हस्ताक्षर बिना मतपत्रमा मतदान गर्न दिएको स्विकार गर्नु भएको छ । १ हजार ८ मतदाता संख्या रहेको केन्द्रमा झन्डै ३ सय ५० मत खसेपछि मतदान अधिकृतको हस्ताक्षर नगरेको मतपत्रमा मतदान भईरहेको जानाकारी भएपछि आक्रोसित भिडले मतपेटीका फुटालेर मत च्यातेको प्रहरीले जनाएको छ । दिउँसो मतदान केन्द्रमा निकै तनावको स्थिति सृजना भएको थियो ।
सदमुकामबाट थप सुरक्षाबल मतदान केन्द्रमा पुगेपछि स्थिती सामान्य भएको थियो । मतदान सुचारु गर्न प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, जिल्ला निर्वाचन अधिकारी केदारनाथ शर्मा सहित दिउसो बसेको सर्वदलिय बैठक निष्कर्ष बिहिन भएपछी क र ख मतदानकेन्द्रको मतदान कार्य स्थगीत भएको छ । मथुरा निमाबि मतदान केन्द्र बाहेक जिल्लाको कुल मतदाता संख्याको ६३ प्रतिशत मत खसेको जिल्ल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
जिल्लामा १ लाख ३८ हजार ५ सय २८ मतदाता संख्या रहेको थियो । जिल्लामा रहेका १७४ मतदान केन्द्र मध्ये ७४ ओटा मतदानकेन्द्रको मतपेटीका सदरमुकाम आईसकेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभएको छ । अव १ सय मतदान केन्द्रको मतपेटीका सदरमुकाम आउन बाकी रहेको छ । दुर्गमका मतदानकेन्द्र बाट मतपेटीका सदरमुकाम ल्याउन समय लाग्ने मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७४ बिहिबार ००:००  ३ : ३९ बजे