६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

पूर्व अर्थमन्त्री वर्षमान पुन दोब्बर मतले अगाडि



रोल्पा, मंसिर २२ । रोल्पामा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आफ्नो अग्रता झण्डै दोब्बर मतले कायमै राख्नुभएको छ ।
प्रतिनिधिसभाको लागि १ क्षेत्र रहेको रोल्पामा वाम गठबन्धनका तर्फबाट वर्षमान पुनले ५०५१ मत ल्याउनुभएको छ भने कांग्रेसका तर्फबाट अमरसिंह पुनले २४९९ मत ल्याउनुभएको छ ।
प्रदेशसभा ‘क’मा माओवादीका कुलप्रसाद केसीले १८९४ र कांग्रेसका शेरबहादुर महराले १४९७ मत ल्यानुभएको छ । यस्तै, प्रदेशसभा ‘ख’ मा माओवादीका दिपेन्द्रकुमार पुनले ३७११ र कांग्रेसका खगेन्द्रप्रकाश हमालले ८६१ मत ल्याउनुभएको छ ।
प्रतिनिधिसभाको लागि २ ठाउँमा र प्रदेशसभाको लागि २ ठाउँमा गणना भैरहेको छ । जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले रोल्पामा जम्मा १ लाख २७ हजार ६ सय २९ रहेकोमा झन्डै ७० हजार मत खसेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २२ मंसिर २०७४ शुक्रबार ००:००  २ : ४६ बजे