७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

नुवाकोटमा वामको अग्रता



काठमाडौँ, २२ मंसिर रासस । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नुवाकोटमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । बिहीबार साँझदेखि शुरु भएको मतगणनाको आज बिहान ६ बजेसम्मको पछिल्लो परिणामअनुसार प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार हितबहादुर तामाङ तीन हजार ३३३ मतका साथ अग्रस्थानमा रहनुभएको छ भने नेपाली काँग्रेसका उम्मेदवार डा रामशरण महतले दुई हजार ८७१ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा ९एमाले०का उम्मेदवार नारायणप्रसाद खतिवडा तीन हजार ७० मतको साथ अग्रस्थानमा रहनुभएको छ । नेकाका उम्मेदवार अर्जुननरसिंह केसीले एक हजार ९७० मत प्रात गर्नुभएको मुख्य निर्वाचन अधिकृत लोकजङ्ग शाहले जानकारी दिनुभयो ।

प्रतिनिधिसभातर्फ जस्तै प्रदेशसभातर्फ पनि वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेश ९क० मा माओवादी केन्द्रका उम्मेदवार राधिका तामाङ एक हजार ५२५ मतका साथ अग्रस्थानमा रहनुभएको छ भने नेकाका उम्मेदवार महेन्द्र थिङले एक हजार ४१ मत प्राप्त गर्नुभएको छ । प्रदेश ९ख०मा एमालेका बद्री मैनालीले एक हजार ७३९ मत ल्याएर अग्रस्थानमा रहनुभएको छ भने नेकाका उम्मेदवार रमेशकुमार महतले एक हजार ११९ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेश ९क०मा एमालेका उम्मेदवार केशवराज पाण्डेले एक हजार ९४८ मत ल्याएर अग्रस्थानमा रहनुभएको छ भने नेकाका उम्मेदवार जगदीशनरसिंह केसीले एक हजार ३३४ मत प्राप्त गर्नुभएको छ । प्रदेश ९ख०मा माओवादी केन्द्रका उम्मेदवार हीरानाथ खतिवडाले एक हजार ५२६ मत ल्याएर अग्रस्थानमा रहनुभएको छ भने नेकाका उम्मेदवार जगतबहादुर तामाङ एक हजार ३८८ मत प्राप्त गर्नुभएको छ । नुवाकोटमा प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार पद गरी कूल छ पदका लागि ४६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७४ शुक्रबार ००:००  २ : ४७ बजे