१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

बस पल्टिँदा सत्र घाइते



राजविराज, २३ मंसिर रासस । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आज बस पल्टिँदा १७ यात्रु घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ४९० नं को बसले विपरीत दिशाबाट आइरहेको को१च ५७९ नं को एम्बुलेन्स एक आपसमा ठोकिँदा बस पल्टिएको हो ।

इलाका प्रहरी कार्यालय भारदहका अनुसार बसमा सवार १६ यात्रु र एम्बुलेन्स चालक घाइते भएका छन् । घाइतेमध्ये १० जनाको विराटनगरस्थित गोल्डेन अस्पताल र अन्य सातको भारदह अस्पतालमा उपचार भइरहेको छ ।
–––

प्रकाशित मिति : २३ मंसिर २०७४ शनिबार ००:००  १० : ३० बजे