१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कपिलवस्तुमा बामगठबन्धनको बर्चश्व, कांग्रेसको शाह र कानोडियाले शाख जोगाए



मायादेवी, अनलाइन, तौलिहवा, २५ मंसिर ।
कपिलवस्तु प्रतिनिधिसभा १ मा नेकपा (माओवादी केन्द्र) का चक्रपाणी खनाल ‘बलदेव’ विजयी हुनु भएको छ । उहाँले नेपाली कांग्रेसका उम्मेदवार दीपकुमार उपाध्यायलाई ९ सय ३४ मतान्तरले पराजित गर्नुभएको हो ।
खनालले २९ हजार ७ सय ९९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी उपाध्यायले २८ हजार ८ सय ५३ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी संघिय फोरमका अब्दुल रसिद खाले ११ हजार ८ सय १२ र नया शक्तीका दान बहादुर चौधरीले ४ हजार ६ सय ८९ मत ल्याउनु भएको छ । वाम गठबन्धनमा सामेल नभइ एक्लै चुनाव लडेका राष्ट्रिय जनमोर्चाका माधव भाटले ७ सय १७ मत ल्याउनु भएको छ ।
प्रतिनिधी सभा एकको एकमा नेकपा एमालेका विष्णु पन्थीले भारी मत अन्तरले विजयी हुनुभएको छ । पन्थीले आफ्ना प्रतिस्पर्धी भन्दा ठुलो मतान्तरले विजयी हुनुभएको हो । उहाले २५ हजार ५ सय २७ मत ल्याउनु भएको छ भने नेपाली कांग्रेसका पुरन प्रसाद चौधरीले १६ हजार ६ सय ८३ मत ल्याउनु भएको छ ।
त्यस्तै प्रतिनिधी सभा १ को प्रदेश सभा २ मा संघीय समाजबादी फोरम नेपालका सहसराम यादव विजयी हुनुभएको छ । उहाँले ७ हजार ३ सय ९८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्धन्द्धी राजपा नेपालका मधुसुधन शरण चौधरीले ६ हजार ६४ मत ल्याउनु भयो ।
प्रतिनिधी सभा सदस्य क्षेत्र नम्बर २ मा नेकपा एमालेका बृजेश कुमार गुुप्ता विजयी हुनुु भएको छ । गुुप्ताले काग्रेसका जिल्ला सभापति समेत रहेका सुरेन्द्रराज आचार्यलाई ३ हजार ५ सय ८१ मतान्तरले पराजित गर्नुभएको हो ।
गुप्ताले ३५ हजार १ सय ४७ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी सुरेन्द्रराज आचार्यले ३१ हजार ५ सय ६६ मत ल्याउनु भएको छ । गुप्ताले २०५६ देखि भएका निर्वाचनमा लगातार जित हात पार्दै चौथो पटक सांसद बन्नु भएको हो । क्षेत्र नम्बर २ मै राजपाका सत्रुघनविलास कुर्मीले २ हजार ४८ मत ल्याउनु भएको छ भने संघिय फोरमका राम निवास यादवले १७ सय ७४ मत ल्याउनु भएको छ ।
प्रतिनिधी सभा २ को १ मा नेकपा एमालेका दीर्घनारायण पाण्डे विजयी हुनुभएको छ । उहाँले १९ हजार २ सय ४४ मत ल्याएर नेपाली कांग्रेसका जवाहरिलाल चौधरीलाई पराजित गर्नुभएको छ । चौधरीले १७ हजार ६६ मत ल्याउनु भयो ।
त्यस्तै प्रतिनिधी सभा २ को दुईमा नेकपा एमालेका धर्मबहादुर लाल श्रीवास्तवले १० हजार ४ सय ३६ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिस्प्रधी नेपाली कांग्रेसका सुधाकर पाण्डेले १० हजार ५० मत ल्याउनुभयो । स्वतन्त्र उमेदवार बन्नु भएका नेपाली कांग्रेसका असन्तुष्ट कार्यकर्ता राजु अर्यालले ४ हजार ५ सय ५६ मत ल्याउनु भएको छ ।
कपिलवस्तुको प्रतिनिधी सभा ३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाह विजयी हुनुभएको छ । उहाँले आफ्ना प्रतिस्पर्धी संघिय समाजबादी फोरम नेपालका मंगल प्रसाद गुप्तालाई ४ हजार १ सय ७५ मतले पछि पार्दै विजयी हुनुभएको हो ।
शाहले २० हजार १ मत ल्याउनु भएको छ भने उहाँका निकटम प्रतिद्धन्द्धी गुप्ताले १५ हजार ८ सय २६ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नम्बर ३ मै बहुजन शक्ती पार्टीका एहसान अहमद खाँले ४ हजार ९ सय ९९ र राजपाका नरसिंह चौधरीले ४ हजार ९ सय ८७ मत ल्याउनु भएको छ ।
यसैबीच प्रतिनिधी सभा ३ को १ मा नेकपा एमालेका अर्जुन केसी विजयी हुनुभएको छ । केसीले ९ हजार ४३ मत ल्याएर राजपा नेपालका रबीदत्त मिश्रलाई पराजित गर्नुभएको हो । मिश्रले ८ हजार १ सय ९७ मत ल्याउनुु भएको छ ।
यसैबीच प्रतिनिधी सभा ३ को २ मा नेपाली काग्रेसका बिरेन्द्र कुमार कनोडिया विजयी हुनुभएको छ । कानोडियाले ६ हजार ६ सय ७९ मत ल्याएर बाम गठबन्धनका जावेद खाँलाई पराजित गर्नुभको छ । खाँले ६ हजार ४ सय ७ मत ल्याउनुु भएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७४ सोमबार ००:००  ३ : ०६ बजे