१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पाल्पामा समानुपातिकतर्फ एमाले पहिलो, विवेकशील चौथो स्थानमा



पाल्पा, २७ मंसिर ।
पाल्पाका दुबै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ जितेको वाम गठबन्धनको प्रमुख घटक नेकपा (एमाले) समानुपातिकमा पनि पहिलो भएको छ ।
एमालेले प्रतिनिधिसभातर्फ समानुपातिकमा नेपाली कांग्रेसले भन्दा ११ हजार ४६ मत बढी ल्याएको छ । एमालेले ५७ हजार एक सय नौ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ४६ हजार ३६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ ।
प्रतिनिधिसभामा समानुपातिकतर्फ माओवादी केन्द्र आठ हजार ३० मत सहित तेस्रो भएको छ । विवेकशील साझा पार्टीले एक हजार ९ सय १३ र मङ्गोल नेशनल अर्गनाइजेसन पाल्पाले एक हजार आठ सय पाँच मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शंकरराज बरालले जानकारी दिनुभयो । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीले नौ सय ४८ र राष्ट्रिय जनमोर्चाले सात सय ३४ मत ल्याएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७४ बुधबार ००:००  २ : ५३ बजे