१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

माओवादी र एमालेबिचको एकतामा शंका नगर्नुसः नेता नेपाल



पर्सा, मंसिर २९ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच पार्टी एकता हुने कुरामा कुनै शंका नरहेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले वीरगंजमा आज बिहान गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले नेपाली नागरिकको चाहना दुवै पार्टीको एकता रहेको कुरा पुष्टि चुनावको नतिजाले गरेको बताउनुभयो । नेता नेपालले सरकार नेतृत्व गठनका सम्बन्धमा कुनै समस्या नरहेको प्रष्ट पार्नुभयो ।
नेता नेपालले काम चलाउ सरकारले बाहिरिने बेलामा गरेको विभिन्न नियुक्तिप्रति असन्तोष जनाउनुभयो । उहाँले यो प्रक्रिया अनुपयुक्त रहेको चर्चा गर्दै आउने सरकारले काम चलाउ सरकारको निर्णय मान्न बाध्य नहुने समेत प्रष्ट पार्नुभयो । उहाँले संवैधानिक बाध्यता भए वाम गठबन्धनसँग छलफल गरेर मात्र काम गर्नुपर्ने बताउनुभयो ।
नेता नेपालले अब बन्ने वाम गठबन्धनको सरकारले नागरिकको विकास र समृद्धिको चाहना पुरा गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २९ मंसिर २०७४ शुक्रबार ००:००  ७ : १७ बजे