३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

पाल्पाका सासंदको प्रतिबद्धता, ‘सिद्धबाबा सडक निर्माण गर्छौ’



पाल्पा, २ पुस ।
पाल्पाबाट निर्वा्चित प्रतिनिधिसभा र प्रदेशसभाका सांसदले पाल्पा–बुटबल सडकखण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा पहिरोका कारण ज्यान गुमाउन नपर्नेे बताउनुभएको छ ।
तिनाउ गाउँपालिकाको दोभानको सिद्धबाबा क्षेत्रमा वर्षेनी पहिरोका कारण यात्रुले ज्यान गुमाउन बाध्य भएपछि पाल्पाबाट निर्वाचत सांसदले पहिलो काम नै सिद्धबाबा सडक निर्माण गरी मानवीय क्षति कम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
नेपाल पत्रकार महासँघ पाल्पा शाखाद्वारा शनिबार आयोजित प्रतिनिधिसभा र प्रदेशसभाका निर्वा्चित सांसदलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेयले बढीमा तीन वर्ष्भित्र सिद्धबाबाको वैकल्पिक सडक तथा सुरुङ निर्माणका काम अघि बढाएर पहिरोका कारण यात्रुले ज्यान गुमाउन नपर्ने बताउनुभयो ।
नेकपा (माओवादी)का पोलिटब्यूरो सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र– २ प्रदेशसभा सांसद तुलाराम घर्तीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको सिद्धबाबा क्षेत्रको सडक निर्माण कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाउने वचन दिनुभयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेश सांसद नारायण आचार्यले पाल्पाको सिद्धबाबा क्षेत्रको सडकका कारण अब कसैले पनि ज्यान गुमाउन नपर्ने बताउनुभयो । प्रदेश सांसद युवराज खनाल र डा पुरन बज्राचायले सिद्धबाबा क्षेत्रको सडकका कारण मानवीय तथा भौतिक रुपमा ठूलो क्षति भएकोले पहिलो काम नै सिद्धबाबा क्षेत्रको सडक निर्माण हुने बताउनुभयो ।

प्रकाशित मिति : २ पुस २०७४ आइतबार ००:००  १ : २२ बजे