१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सरकारी अध्ययन टोली भन्छ, प्रदेश राजधानी ‘बुटबल’ उत्तम



बुटवल, २ पुस ।
पाँच नम्बर प्रदेशको राजधानी बुटवलमा बनाउन उपयुक्त रहेको सरकारी अध्ययन टोलीले जनाएको छ । प्रयाप्त पुर्वाधार भेटिएकाले तत्काल प्रदेश राजधानी तोक्दासमेत सहज रुपमा काम गर्न सकिने टोलीको तर्क छ ।
भौतिक पुर्वाधार अध्ययन गर्न स्थलगत भ्रमणमा रहेका पूर्बाधार अध्ययनका लागि प्रधानमन्त्री कार्यालयबाट खटिएको टोलीका संयोजक तथा क्षेत्रिय प्रशासन कार्यालय पोखराका सहप्रशासक बाबुराम गौतमले बुटवलमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका कार्यालय, मन्त्रालयहरु, सचिवालय, पहिलो बैठक बस्ने स्थान लगायतका सबै पुर्वाधारहरु तयारी अवस्थामा पाइएको टोलीले बताए ।
यसले गर्दा तत्काल अस्थायी राजधानी तोक्दा समेत सहजै क्रियाकलाप गर्न सकिने सम्भावना र सहजता रहेका उहाले बताउनुभयो । टोलीले शुक्रबार र शनिबार यहाका सम्भावीत भवन अवलोकन गर्ने तथा स्थानीय सरोकारवालाहरुसंग छलफल गरेर राय सुझाव लिने काम गरेको थियो ।

प्रकाशित मिति : २ पुस २०७४ आइतबार ००:००  २ : ३५ बजे