६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

सहमति पछि बिमानस्थलको काम सुचारु



भुवन पाण्डे, भैरहवा, ५ पुस ।
क्रमसंख्याका आधारमा मुआब्जा बितरण गर्ने सहमति पछि अवरोध भएको निर्माणाधिन अन्तराष्ट्रिय गौतमबुद्ध बिमानस्थलको काम पुन शुचारु भएको छ ।
प्रमुख जिल्ला अधिकारी हरि मैनालीको संयजकत्वमा बसेको सर्वपक्षीय बैठकमा पौँच र आर्थिक लेनदेनमा नपरी क्रमसंख्याका आधारमा मुआब्जा बितरण गर्ने सहमति भएको हो । पिडितहरुको समयमै समस्या समाधान गर्न बिमानस्थल आयोजनाको कार्यालयमै नापी र मालपोतको अस्थाई डेक्स राखीने निर्माणधिन अन्तराष्ट्रिय गाौतमबुद्ध बिमान स्थलका आयोजना प्रमुख ओम शर्माले जानकारी दिनुभयो ।
पुणरुपमा घरबास बिहिन भएका र बिरामी परेका पिढितहरुको सम्बन्धीत निकायले पहिचान गरि चाँडै मुआब्जा पाउने आयोजनाले जनाएको छ । मुआब्जा बितरणमा लापरवाही गरेको भन्दै स्थानीयले दुई दिन देखि काममा अवरोध गरेका थिए ।
दुईवर्ष देखि जग्गा रोक्का हुँदा जिबिका चलाउनै समस्या भएर आन्दोलनमा उत्रिएको स्थानीयले बतानुभयो । सहमति अनुसार काम नभए फेरी आन्दोलन गर्ने सिद्धार्थनगर नगरपालिका वडा नं चार का स्थानीय राजेन्द्रकुमार कार्कीले बताउनुभयो ।
अहिलेसम्म साढे तीन अरव मुआब्जा बितरण भैसकेको छ । सात हजार कित्ता जग्गा रहेको अधिग्रहण क्षेत्रका लागि २३ अरव बढी रकम लाग्ने आयोजनाले जनाएको छ । अहिले आयोजनाको ३३ प्रतिशत काम सकिसकेको छ ।

प्रकाशित मिति : ५ पुस २०७४ बुधबार ००:००  १२ : ३९ बजे