२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

नवजात शिशुमा आँखा पाक्ने रोग कसरी लाग्छ ? रोकथाम र उपचार



मायादेवी अनलाइन ।
बच्चा जन्मेको २८ दिनभित्र आँखामा पहेंलो पिपजस्तो कचेरा देखिनु, आँखा रातो हुनु तथा सुन्निनु नवजात शिशुमा आँखा पाक्ने रोगको लक्षण हो ।

नवजात शिशुमा आँखा पाक्ने रोग के–के कारणले हुन्छ ?

यौनजन्य संक्रमण भएका आमाबाट शिशु जन्मेमा,

असुरक्षित प्रसुति गराएमा,

प्रसुतिका क्रममा शिशुको आँखामा चोटपटक लागेमा,

नवजात शिशुमा अन्य कारणबाट संक्रमण भएमा, आदि ।

रोकथाम तथा उपचार

नियमित गर्भावस्थाको परीक्षण, सुरक्षित प्रसुति तथा मातृशिशु स्वास्थ्य सेवा, प्रजनन् स्वास्थ्य शिक्षा, आँखामा एन्टिबायोटिक औषधिको प्रयोग आदिले नवजात शिशुमा हुने आँखा पाक्ने रोगको रोकथाम गर्न सकिन्छ ।

यदि, कारणबस यस्तो समस्या देखिएमा यथाशीघ्र आँखा केन्द्र वा अस्पतालमा गई जाँच गरी उपचार गराउँदा बालबालिकाको दृष्टि क्षमता बचाउँन सकिन्छ । साभार स्वास्थ्य खबरपत्रिका

प्रकाशित मिति : ८ पुस २०७४ शनिबार ००:००  १२ : ४२ बजे