२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा नवलपरासीका बस्याल



परासी, १३ पुस ।
नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पदमा नवलपरासीका श्रीधर बस्याल निर्वाचित भएका छन् । सिद्धार्थ जेसीज भैरहवाँ रुपन्देहीको आयोजनामा मंगलबार सम्पन्न नेपाल जेसीजको ४४ औँ महाधिवेशनबाट बस्याल जेसीजको अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

सक्षम र कुशल नेतृत्व छान्नका लागि भएको उक्त महाधिवेशनमा रामग्राम जेसीजको वर्ष २००९ का अध्यक्ष एवं नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष बस्याल र ईटहरी जेसीजका पुर्व अध्यक्ष एवं नेपाल जेसीजका पुर्व कार्यकारिणी उपाध्यक्ष महेश पौडेल बिच कडा प्रतिस्पर्धा रहेको थियो । बस्यालले ६ सय ४८ मत प्राप्त गर्दै ९ मतान्तरले आफनो निकटतम प्रतिद्धन्द्धी पौडेललाई पराजित गरेका हुन् ।

करिब १ हजार ६ सय मतदाता रहेको महाधिवेशनमा सोमबार १० गते राती भएको मतदानमा १ हजार २ सय ७८ मत खसेको थियो । ईलेक्ट्रोनिक मेचिनद्धारा गराइएको मतदान नेपाल भरिका १ सय ३६ जेसीज शाखाका मतदाताहरुले मतदान गरेका थिए । भैरहवाको महेन्द्र सभागृहमा पौष ८ गते महाधिवेशनको उद्घाट शत्र शुरु भई मंगलबार ११ गते विहान मात्र निर्वाचन सम्पन्न भएको निर्वाचन समितीले जनाएको छ ।

त्यस्तै अध्यक्ष बस्यालको नेतृत्वमा चयन भएको कार्यसमितिमा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा रेश्मी सिल्पकार, पदम बहादुर सिंह, अशोक शंकर, विकास मानन्धर गरि ४ जना निर्वाचति भएका छन् भने राष्ट्रिय उपाध्यक्ष पदमा बिजय घिमिरे, बिजय गुरुङ्ग, श्यामसुन्दर पौडेल, टेकराज रेग्मी, रन्जना चापागाई, गोविन्द देवकोटा, रश्मी निरौला, अमित ढकाल, जनकराज घिमिरे, सुमित शर्मा, राजेन्द्र घिमिरे, रबिन पोख्रेल गरि १२ जना निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । उक्त समितिले निर्वाचन पश्चात नव निर्वाचति अध्यक्ष र विभिन्न पदाधिकारीहरुलाई सपथ ग्रहण गराई प्रमाण पत्र समेत प्रदान गरिसकेको छ ।

त्यसैबिच नव निर्वाचत बस्यालले कार्यसमितिलाई पुर्णता दिनका लागि एक जना महासचिव, एक जना कोषाध्यक्ष र एक जना कानुनी सल्लाहकार पनि मनोनित गरि पहिलो बैठक पनि बसेका छन् ।

 

प्रकाशित मिति : १३ पुस २०७४ बिहिबार ००:००  २ : ०८ बजे