५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

अवैध रुपमा सडक कर उठाउँदै ठेकेदार



पाल्पा, पुस १३ । रूपन्देहीको सालझण्डीबाट पाल्पाका साबिकका गाविसहरू सत्यवती, बल्ढेङगढी र जुठापौवाका मोटरबाटोमा ठेकेदारले अवैध रुपमा सडक कर उठाएका छन् । सम्झौता विपरित ठेकेदारले सडक कर उठाएपछि सवारी धनी समस्यामा परेका छन् ।

सालझण्डीबाट सत्यवती, बल्ढेङगढी र जुठापौवा पुग्ने मोटरबाटो अन्तर्गत जोगदमारमा सडक कर उठाउने गरी टेण्डर भए पनि ठेकेदारले अन्य मोटरबाटोमासमेत कर उठाएका हुन् । स्थानीय ठेकेदार चन्द्रबहादुर सिंजालीले यसरी अवैध रकम उठाएको गाडी धनीको आरोप छ । जोगदमारमा मात्र नभई अर्घाखाँची हुँदै ढोरपाटन जाने सडकमासमेत सिंजालीले युवा परिचालन गरी सडक कर लिने गरेको गाडी चालकले बताए ।

चालक निरज अघिकारीका अनुसार ठेकेदारले ढोरपाटन सडक अन्तर्गत इटिहामा साना सवारीसाधनबाट ४० रुपैयाँ र ठूला सवारीबाट ५० रुपैयाँ लिएका छन् । जोगदमारमा प्रयोग गर्ने रसिद नै इटिहामा पनि प्रयोग गर्ने गरिएको पाइएको छ ।

सम्झौताविपरित सडक कर उठाउन थालेपछि स्थानीय बासिन्दाले जनप्रतिनिधिहरुलाई जानकारी गराए पनि कुनै प्रतिक्रिया नपाएको गुनासो गरेका छन् ।

प्रकाशित मिति : १३ पुस २०७४ बिहिबार ००:००  ६ : ५६ बजे