५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

एमालेको स्थायी कमिटि बैठक आज दिउसो बस्ने



काठमाडौं, पुस १३ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न एमालेको स्थायी समिति बैठक बिहीबार बस्ने भएको छ ।

दिउँसो १ बजेपछि अध्यक्ष केपी ओलीको निवास भक्तपुरको बालकोटमा बैठक बस्ने एमालेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

बैठकमा प्रदेशसभामा समानुपातिकतर्फ सांसद बन्नेको नाम टुंग्याउने विषयका साथै नयाँ सरकार गठन, माओवादीसँग पार्टी एकता, राष्ट्रिय सभा गठनको विवादका विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : १३ पुस २०७४ बिहिबार ००:००  ६ : ५९ बजे