४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

बाह्रै महिना सयपत्री फुलाउन उद्योग स्थापना गरिँदै



काठमाडौं, पुस १३ । सयपत्री फूलको निर्यात बढाउन पिगमेन्ट उद्योग स्थापनाका लागि परीक्षण सुरु भएको छ । तराईका तीन, पहाडका पाँच र उच्च हिमालका दुई गरी १० जिल्लामा उद्योग स्थापनाका लागि परीक्षण थालिएको फ्लोरिकल्चर एशोसिएसन अफ नेपालले जनाएको छ ।

एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार उद्योग स्थापनाको परीक्षण अन्तिम चरणमा पुगेको छ । यो परीक्षण पछि अनुकुल देखिने ठाउँमा उद्योग खोलिने उहाँले बताउनुभयो । यद्योग स्थापनापछि फूलको पत्रमा हुने पाउडर निर्यात गरिनेछ । फूलबाट निस्कने यो पाउडर नेपालले चीनलाई निर्यात गर्नेछ ।

नेपालमा चीनकै सहकार्यमा उद्योग स्थापना गर्न लागिएको हो । यस्तै सयपत्री फूल अब बाह्रै महिना फुलाउन सकिने भएको छ । अहिलेसम्म सिजनमा दुई ३ महिना मात्रै उत्पादन हुने गरेको सयपत्री अब बाह्रै महिना फुलाउन सकिने एसोसिएसनका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

काभ्रेमा गरिएको परीक्षणले सयपत्री जतिबेला पनि फुलाउन सकिने देखिएको हो । बाह्रै महिना सयपत्री फूल फुलाउन लगानीको खोजीका लागि अहिले व्यवसायीलाई एसोसिएसनले तालिम दिन थालेको छ । माग बढ्दै गए पनि त्यही अनुसारको उत्पादन नहुँदा अहिले वार्षिक १० करोड रुपैयाँ भन्दा धेरैको फूल आयात भइरहेको छ ।

प्रकाशित मिति : १३ पुस २०७४ बिहिबार ००:००  ७ : ०१ बजे