५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

दीक्षान्त समारोहमा जेएनयूका उपकुलपति आउने



काठमाडौं, पुस १३ । त्रिभुवन विश्वविद्यालयले आगामी आइतबार गर्ने ४३औँ दीक्षान्त समारोहको तयारी पूरा भएको छ ।
ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने समारोहको तयारी पूरा भएको त्रिविका परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिनुभयो ।

समारोहको प्रमुख अतिथिमा जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्रा डाक्टर एम जगदीश कुमारलाई आमन्त्रण गरिएको उहाँले बताउनुभयो । उपकुलपति कुमार शुक्रबार नेपाल आउनुहुने कार्यक्रम छ ।

त्रिविको दीक्षान्त समारोहमा विदेशस्थित विश्वविद्यालयका प्राज्ञिक व्यक्तित्व प्रमुख अतिथि हुने परम्परा छ । समारोहमा विद्यावारिधितर्फ ६२ विद्यार्थीसहित कूल आठ हजार २६७ विद्यार्थी दीक्षित हुने भएका छन् । यस्तै करिब तीन हजार अभिभावक र एक हजार २०० कर्मचारी पनि समारोहमा सहभागी हुने सहनियन्त्रक अधिकारीले बताउनुभयो ।

समारोहमा र विभिन्न विषयमा उत्कृष्ट अंक ल्याउने ३१ विद्यार्थी पुरस्कृत हुने उहाँले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : १३ पुस २०७४ बिहिबार ००:००  ८ : ३१ बजे