५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

निर्वाचन आयोग तात्यो- दल दर्ताका लागि आह्वान



काठमाडौं, १४ पुस (कान्तिपुर) ।
राष्ट्रिय सभा निर्वाचन अध्यादेश राष्ट्रपति कार्यालयमै अड्किए पनि निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन इच्छुक दललाई दर्ताका लागि आह्वान गरेको छ । आयोगले दल दर्ताका लागि १५ दिनको समय दिएको छ ।
स्रोतका अनुसार आयोगले राष्ट्रिय सभा गठन नभई प्रतिनिधिसभा समानुपातिक तर्फको परिणाम दिन नसकिने स्पष्ट सन्देश दिन दल दर्ताको आह्वान गरेको हो । आजको कान्तिपुरमा यो खबर छ ।
सरकारले राष्ट्रिय सभा निर्वाचन मिति तोकेपछि आयोगले त्यसैअनुसार निर्वाचन कार्यक्रम बनाउने हो । तर अबको १५ दिन दल दर्ताकै समय रहेकाले राष्ट्रपतिबाट आजभोलिमै अध्यादेश जारी भए पनि राष्ट्रिय सभा निर्वाचन भने माघ नलागी हुन सक्दैन ।

प्रकाशित मिति : १४ पुस २०७४ शुक्रबार ००:००  १ : ५५ बजे