२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

लाइबेरियाको राष्ट्रपतिमा पूर्व फुटबल खेलाडी निर्वाचित



लाइवेरिया, १४ पुस (बीबीसी) ।
लाइबेरियाको राष्ट्रपतिमा पूर्व फुटबल खेलाडी जर्ज विआ निर्वाचित भएका छन् । लगभग सबै मत गणना भइसक्दा विआले ६१ प्रतिशत मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी तथा उपराष्ट्रपति जोसेफ बोआकाइले ३८ प्रतिशत मत पाएका छन् ।
पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि मंगलवार फेरि भएको चुनावको भएको थियो ।
विआ विजयी भएको समाचार प्रकाशमा आएपछि उनका समर्थकहरुले राजधानी मुनरोभियाका सडकमा खुसियाली मनाउन थालेका छन् ।
विआले वर्तमान राष्ट्रपति एलेन जोनसन सरलीफको स्थान लिनेछन, जो अफ्रिकाकी प्रथम निर्वाचित महिला राष्ट्रपति हुन् । विआको जितसँगै दशकौंयता पहिलोपटक त्यहाँ लोकतान्त्रिक सत्ता हस्तान्तरण हुनेछ ।
चुनावी नतिजा घोषणा गरिएपछि सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन, “मेरा लाइबेरियाली साथीहरु, मैले सिङ्गो देशको भावनालाई गहिरो रुपमा महसुस गरिरहेको छु ।” मेरा लाइबेरियाली साथीहरु, मैले सिङ्गो देशको भावनालाई गहिरो रुपमा महसुस गरिरहेको छु ।
१९ औं शताब्दीमा मुक्त अमेरिकी दासहरुबाट स्थापित लाइबेरियामा सन् १९४४ यता सहज ढङ्गले एउटा नवौँ राष्ट्रपतिबाट अर्कोमा सत्ता हस्तान्तरण हुन सकेको छैन ।

प्रकाशित मिति : १४ पुस २०७४ शुक्रबार ००:००  २ : ४७ बजे