२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

सरकार गठनको बाटो खुल्यो, राष्ट्रियसभा अध्यादेश प्रमाणीकरण



काठमाडौं, १४ पुस ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि राष्ट्रपति भण्डारीले बिहान साढे ११ बजे अध्यादेश पारित गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार माधवप्रसाद शर्माले जानकारी दिए ।
राष्ट्रपति भण्डारी निकास दिनका लागि दलबीच सहमतिका लागि प्रयास गर्दा सफल भएको उनले बताए । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक रोकेर शितलनिवास पुगेका थिए । अध्यादेश जारी भएसंगै नयाँ सरकारको बाटो खुलेको छ।

प्रकाशित मिति : १४ पुस २०७४ शुक्रबार ००:००  ६ : ३४ बजे