२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

मन्त्री दिलनाथ गिरी बर्खास्त !



काठमाडौं, १४ पुस ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सहरी विकासमन्त्री दिलनाथ गिरीलाई फिर्ता बोलाएको छ । उपप्रधानमन्त्री समेत रहेका राप्रपाका अध्यक्ष कमल थापाले सहरी विकासमन्त्री गिरीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई पत्र पठाएका हुन् ।
पार्टी निर्णय विपरित मन्त्रीको पदीय मर्यादालाई भुलेको भन्दै अध्यक्ष थापाले गिरीलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार पत्र पठाएका छन ।
मन्त्री गिरीले मन्त्रालयमा सचिव परिवर्तनका लागि अनावश्यक चलखेल गरेको आरोप छ । यस्तो प्रस्ताव विहीबारको मन्त्रिपरिषद् बैठकमा लगेपछि अध्यक्ष थापाले बैठकमै राजीनामा दिन निर्देशन दिएका थिए ।
यद्यपी मन्त्री गिरीले भने राजीनामा प्रधानमन्त्रीलाई दिने हो भन्दै जवाफ फर्काएका थिए । पार्टी अध्यक्षलाई जवाफ फर्काएको २४ घन्टा नबित्तै मन्त्री गिरी बर्खास्त भएका हुन् ।

 

प्रकाशित मिति : १४ पुस २०७४ शुक्रबार ००:००  ९ : ४८ बजे