१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्रमुख निर्वाचन आयुक्तकी बुहारी पनि सांसद



काठमाडौं, १५ पुस (नागरिक) ।
प्रमुख निर्बाचन आयुक्त अयोधीप्रसाद यादबकी बुहारी प्रमिलाकुमारी यादव अन्ततः नेकपा माओवादी केन्द्रको कोटाबाट प्रदेश नम्बर २ को प्रदेशसभा सदस्यमा निर्बा्चित हुन सफल भएकी छिन् ।

प्रमुख आयुक्त डा। यादबका छोरा अशोक यादबकी श्रीमती प्रमिलालाई माओवादी केन्द्रले प्रदेश नम्बर २ को प्रदेशसभा सदस्य चयन गरी निर्बाचन आयोगलाई विवरण बुझाएको हो ।

पार्टीका शीर्ष नेता र प्रदेश इन्चार्जहरुको संयुक्त बैठकले प्रमिलालाई समानुपातिकतर्फ विजयी उम्मेदवार बनाएको हो ।

प्रमुख आयुक्त डा। यादवले भने छोराबुहारी छुट्टिएर बसेकाले उनीहरु स्वतन्त्र भएको स्पष्टीकरण दिंदै आएका छन् । आजको नागरिकमा खबर छ ।

प्रदेश नम्बर २ का लागि माओवादी कोटाबाट सिफारिस भएका ५ जनामध्ये प्रमीलालाई चौथो स्थानमा राखेर विजयी उम्मेदवार बनाएको हो ।

प्रकाशित मिति : १५ पुस २०७४ शनिबार ००:००  १ : ५० बजे