८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णय फिर्ताको माग गर्दै रोल्पा बन्द



रोल्पा, १६ पुस ।
सुवार्णावती गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णय फिर्ताको माग गर्दै शनिबार बिहानदेखि पूर्वी र पश्चिम रोल्पामा यातायात बन्द गरिएको छ ।

गाउपालिकाको नाम परिवर्तन सम्बन्धि पौष १२ गते दोस्रो सभाबाट ल्याएको प्रस्तावको निर्णय बिरोधमा गठन गरीएको संघर्ष समितिले सडकमा टायर बालेर बिरोध गरेको हो । माग सुनुवाई नभए गाउपालिकामा अनिश्चितकालिन बन्द गर्ने कार्यक्रम तय भएको आन्दोलनरत वडा नम्बर ४ का अध्यक्ष गञ्ज क्षेत्रीले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेर विजयी बनेका जनप्रतिनिधि, सन्तुष्ट बजारवासी र माओवादी केन्द्र बाहेक अन्य दलका नेता कार्यकर्ताले नाम परिवर्तन गर्न नहुने अडान लिएका छन् ।

गाउपालिका अध्यक्ष गुणेन्द्र घर्तीले भने लोकतान्त्रिक संस्कार देखाउन आवश्यक रहेको प्रतिक्रिया दिदै बहुमतबाट नाम परिवर्तन गर्न सकिने प्रावधानलाई टेकेर गरिएको निर्णयको सम्मान आवश्यक रहेको जिकिर गर्नुभयो ।

यसैबिच, पश्चिम रोल्पाका विरोधमा उत्रिएको समूहले बिहिबार गाउपालिका अध्यक्ष र उपाध्यक्ष सहितको गाउँ कार्यपालिका बैठक कक्षमै ताला लगाईदिएको गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १६ पुस २०७४ आइतबार ००:००  १२ : ४३ बजे