२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

ज्ञानेन्द्र शाह र कमल थापाबीच भेटवार्ता, कुरा के भयो ?



नेपालगन्ज, १६ पुस (अन्नपूर्ण) ।
पश्चिम क्षेत्रको धार्मिक भ्रमण र होटल उद्घाटन गर्न काँके आएका पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपा अध्यक्ष कमल थापाले भेटवार्ता गरेका छन् । होटल सोल्टीमा शनिबार वर्तमान उपप्रधान तथा स्थानीय विकास मन्त्रीसमेत रहेका थापाले पूर्वराजा ज्ञानेन्द्रसँग भेटवार्ता गरेका हुन्।

निर्वाचनमा अनपेक्षित हार बेहोरेका थापाले पार्टीको कार्यकर्ता भेटघाटको निहुँमा पूर्वराजालाई चुनावी नतिजाका विषयमा जानकारी गराएका थिए ।

उनले वर्तमान राजनीतिक अवस्था र राप्रपाको रणनीतिका विषयमा पूर्वराजा शाहसँग छलफल गरेको राप्रपा स्रोतले जनाएको छ।

बिहीबार बाँके आएका शाहले शुक्रबार स्थानीय उद्योगी, व्यवसायी, विभिन्न नागरिक समाजका अगुवासँग पनि भेटघाट गरे ।

‘पूर्वराजा र यहाँ हुँदा म नआउने भन्ने होइन, म आफ्नो कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएको हुँ’, राप्रपा अध्यक्ष थापाले भने, ‘म आउँदा पूर्वराजा समेत भएकाले भेट गर्न गएको हुँ ।

पूर्वराजासँग वर्तमान राजनीतिक अवस्था र राप्रपाले निर्वाचनबाट बेहोरेको हारपछि अगाडि बढाउने नयाँ रणनीनितिबारे छलफल भएको थापाले बताए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति : १६ पुस २०७४ आइतबार ००:००  १ : २८ बजे