८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अझै डेढ महिना देउवा प्रधानमन्त्री हुने !



काठमाडौं, १६ पुस ।
संविधान अनुसार प्रतिनिधिसभा निर्वाचन सम्पन्न भए पनि नयाँ सरकार गठनका लागि अझै डेढ महिना कुनुपर्ने देखिएको छ ।

राष्ट्रियसभा निर्वाचनपछि मात्र प्रतिनिधिसभा समानुपातिकतर्फका सांसद छनोट गर्ने संवैधानिक व्यवस्थाका कारण सरकार गठनमा ढिलाई हुने संकेत देखिएको हो । आजको नागरिक दैनिकमा यो खबर छ ।

नयाँ सरकारको नेतृत्व गर्ने अनुमान गरिएको नेकमा एमालेले भने सरकार गठनका लागि राष्ट्रियसभा निर्वाचन पर्खन नपर्ने दावी गर्दै आएको छ ।

संविधान र कानुनको अपव्याख्या गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता लम्ब्याउन खोजेको आरोप पनि एमालेले लगाउँदै आएको छ ।

प्रकाशित मिति : १६ पुस २०७४ आइतबार ००:००  १ : ३१ बजे